कार्यालय ९ बजे खुले, सेवाग्राही आएनन्

Published on

काठमाडौं । ताप्लेजुङमा सरकारी कार्यालयहरू बिहान ९ बजे खुले पनि सेवा प्राप्त गर्ने सेवाग्राही आएका छैनन् । सरकारको निर्णयबमोजिम सोमबारदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुलेका भए पनि सेवाग्राही नआएका हुन् । जिल्ला प्रशासन कार्यालयसहितका सबै सरकारी कार्यालय बिहान ९ बजे नै खुलेका र कर्मचारी पनि ९ बजे नै कार्यालयमा उपस्थित भएका छन् । कार्यालयहरू ९ बजे खुले सेवा लिनलाई सेवाग्राही नआएका सम्बन्धित कार्यालयले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार जिल्ला प्रशासन कार्यालयमा पनि १० बजे अघि तीनजना मात्र सेवाग्राही आएका छन् । सदा झैं १० बजेपछि मात्र कार्यालयमा सेवाग्राही आएका प्रजिअ सेढाइँले बताउनुभयो । बिहान ९ बजेदेखि नै कार्यालय खुल्ने सोमबार पहिलो दिन भएकाले सेवाग्राहीको उपस्थिति नभएको हुनसक्ने प्रजिअ सेढाइँको भनाइ छ ।

जिल्ला प्रशासनसहित सङ्घ तथा प्रदेश मातहतका अन्य कार्यालयमा पनि १० बजेभन्दा अघि सेवाग्राहीको उपस्थिति शुन्यजस्तै भएको छ । त्यस्तै, स्थानीय तहमा पनि बिहान ९ बजे नै सेवाग्राही नआएको जनाएका छन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका १० बजेभन्दा अघि एकजना मात्र सेवाग्राही आउनुभएको नगरपालिकाका लेखापाल भोलानाथ सिग्देलले जानकारी दिनुभयो । यसरी बिहान ९ बजेदेखि सरकारी कार्यालय खुल्न थालेको पहिलो दिन सोमबार सेवाग्राही सेवा लिन आएका छैनन् । त्यसो त सार्वजनिक बिदाका दिनमा कुनै बेला कार्यालय खुल्दा पनि सेवाग्राही नआउने गरेको पाइएको छ । पूर्वा निर्धारित सार्वजनिक बिदाको दिन सरकारले कार्यालय खुलाई सेवा प्रवाह गर्नु भन्ने परिपत्र भएको बेला कार्यालय खुलाए पनि सेवाग्राही नआउने गरेको सम्बन्धित कार्यालयले जनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...