राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

Published on

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल पुगेको छ, जुन पछिल्लो एक दशकयताकै उच्च स्तर भएको जनाएको छ । राष्ट्रिय तेल निगमका प्रमुख मसूद सुलेमानका अनुसार उत्पादनमा आएको यो वृद्धि देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । उहाँले हालै सम्पन्न एक बैठकमा जानकारी दिँदै फेब्रुअरी महिनामा तेल बिक्रीबाट प्राप्त आम्दानी २ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र उक्त रकम कुनै कटौती बिना पूर्णरूपमा सरकारी कोषमा जम्मा गरिएको बताउनुभयो, जुन पछिल्ला केही वर्षमा पहिलो पटक भएको उल्लेख गरिएको छ । यसले देशको आर्थिक पारदर्शिता र व्यवस्थापन सुधारतर्फ सङ्केत गरेको छ । सुलेमानका अनुसार विश्वव्यापी सङ्कटका बाबजुद देशभित्र इन्धन आपूर्ति स्थिर रहेको छ । साथै अल-शरारा तेल क्षेत्र को निर्यात पाइपलाइनमा गरिएको मर्मत कार्य सम्पन्न भइसकेको र उत्पादन पुनः सामान्य अवस्थामा फर्किएको छ । यो तेल क्षेत्र लिबियाको सबैभन्दा ठुलो हो, जुन राजधानी त्रिपोलीबाट करिब ९०० किलोमिटर दक्षिणमा अवस्थित छ र दैनिक ३ लाख ब्यारेलभन्दा बढी उत्पादन क्षमता राख्छ ।

उहाँले थप स्पष्ट पार्दै तेल उत्पादनलाई स्थिर राख्न र अझ बढाउन विद्युत् आपूर्ति प्रणालीको स्थिरता तथा उत्पादन दक्षता सुधार अत्यावश्यक रहेको बताउनुभयो । लिबियाको अर्थतन्त्र मुख्य रूपमा तेल र ग्यास निर्यातमा निर्भर रहेको छ, तर द्वन्द्व र राजनीतिक अस्थिरताका कारण विगतमा बारम्बार उत्पादन र आपूर्तिमा अवरोध हुँदै आएको थियो । हालको उत्पादन वृद्धि लिबियाको आर्थिक पुनरुत्थान र ऊर्जा क्षेत्रको स्थायित्वतर्फको सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...