खोलानदी किनारमा सवारीसाधन धुन निषेध

Published on

काठमाडौं । नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी किनारमा सवारीसाधन धुन निषेध गरेको छ । पालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र पर्ने राप्ती खोला, कर्रा खोला लगायतका अन्य जलाधार क्षेत्रमा सवारीसाधन नधुन निर्देशन दिएको हो । खोला तथा नदी प्राकृतिक सम्पदाका साथै जनस्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील भएकाले यस क्षेत्रमा सवारीसाधन नधुन आग्रह गरिएको छ । पछिल्लो समय टिपर, ट्याक्टर, बस, सुमो तथा मोटरसाइकलजस्ता सवारीसाधन अनधिकृत रूपमा खोला किनारमा धुने प्रवृत्ति बढ्दै गएको जनाउँदै पालिकाले यस्तो कार्य रोक्न सूचना जारी गरेको हो । सवारीसाधन धुँदा निस्कने मोबिल, ग्रिज र डिटरजेन्टजस्ता हानिकारक पदार्थ सिधै खोलामा मिसिँदा जलप्रदूषण बढ्नुका साथै जलचर प्राणी र वातावरणमा गम्भीर असर पर्ने बताइएको छ । सूचना जारी भएको मितिदेखि लागू हुने गरी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका कुनै पनि खोला वा नदी किनारमा सवारीसाधन धुन पूर्ण रूपमा निषेध गरिएको छ ।

उल्लङ्घन गर्नेहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिनेछ । फोहोरमैला व्यवस्थापन ऐनअनुसार कसुरको प्रकृति हेरी पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई नगर प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाउनेसमेत जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...