सीतापुर युनाइटेड योगिनी गोल्ड कप फुटबलको सेमिफाइनलमा

Published on

काठमाडौं । बाँकेको खजुरामा सञ्चालन भइरहेको दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सीतापुर युनाइटेडको टीम पुगेको छ । सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेर प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलमा सीतापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । सीतापुरका लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मानवीका सुदीप सुनारले २७औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी भएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।  सीतापुर युनाइटेडका गोलकिपर विवेक थारुलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य डिबी तामाङ र आयोजक योगिनी युवा क्लबका सदस्य सन्तोष थापाले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गर्नुभयो ।

सोही प्रकारले अर्को खेलमा योगिनी युवा क्लब (ए)ले केवाइसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सो खेलमा आयोजक योगिनीका लागि विपिन सिंजाली मगर र गौरम थापा मगरले १–१ गोल गर्नुभएको थियो । खेलमा योगिनीका विपिन प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई स्थानीय समाजसेवी नरेन्द्र थापा र अमर रावतले पुरस्कार प्रदान गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...