विराटनगरमा विद्युतीय सुरक्षा सचेतना र्‍याली

Published on

काठमाडौं । सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले संयुक्त रूपमा यस्तो सन्देश प्रवाह गरेका हुन् । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नाराका साथ निकालिएको प्रभातफेरीमा सहभागीहरूले सानो असावधानीले ठुलो मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएका थिए । कार्यक्रममा बोल्दै प्राधिकरणको विराटनगर वितरण केन्द्रका इलेक्ट्रिकल इन्जिनियर सुवेध ठाकुरले विद्युतको प्रयोग गर्दा हुने सामान्य असावधानीले पनि मानिसको ज्यान जान सक्ने खतरा औंल्याउनुभयो । “सामान्य लापरवाहीले पनि ठुला र अपुरणीय दुर्घटना निम्त्याउन सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले उपभोक्तादेखि प्राविधिकसम्म सबैले सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ ।” त्यसैगरी, सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय उपकरण प्रयोग गर्दा वा मर्मत गर्दा सुरक्षात्मक सामग्रीको प्रयोगमा हेलचेक्य्राइँ नगर्न सुझाव दिनुभयो । उहाँले दक्ष प्राविधिकको सल्लाह बिना गरिने विद्युतीय काम जोखिमपूर्ण हुने भएकाले सुरक्षाका उपायमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षित कार्यसंस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युत सेवामा संलग्न कर्मचारी र उपभोक्ता दुवैले आ–आफ्नो तर्फबाट जिम्मेवारी र सावधानी अपनाए मात्र ज्यान जाने जस्ता दुःखद घटना रोक्न सकिने बताउनुभयो । विराटनगरका विभिन्न भागको परिक्रमा गरेको उक्त र्‍यालीमा विद्युतीय सामग्रीको सही सदुपयोग र सुरक्षित प्रयोगका उपायबारे जनचेतना फैलाइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...