विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रण जस्ता कदमले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार प्रत्येक देशका वित्तीय निकायले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग प्रदान गर्नुपर्छ, जुन मध्यम अवधिको आर्थिक योजनासँग मिल्दोजुल्दो हुनुपर्छ । यसले आर्थिक दबाबमा परेका नागरिकलाई राहत दिन सहयोग गर्ने छ तर दीर्घकालीन आर्थिक स्थायित्वमा असर नपार्ने छ । त्यसैगरी उहाँले केन्द्रीय बैँकलाई पनि सचेत रहन आग्रह गर्दै मुद्रास्फीति अनियन्त्रित हुने सङ्केत देखिएमा ब्याजदर बढाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्तो कदमले मूल्य वृद्धिको चक्रलाई नियन्त्रण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।

 साथै, आर्थिक सहयोग कार्यक्रम अस्थायी र स्पष्ट समयसीमा सहित लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय नियामक निकायलाई पनि सजग, लचिलो र छिटो प्रतिक्रिया दिन सक्ने बनिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ, किनभने वर्तमान अवस्था अत्यन्त परिवर्तनशील रहेको छ । सीमित आर्थिक स्रोतको जिम्मेवार प्रयोग गर्दै वित्तीय स्थायित्व कायम राख्न सूक्ष्म तथा समष्टिगत नीतिहरू प्रभावकारी रूपमा लागु गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सदस्य राष्ट्रलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपूर्व युद्धको प्रभावका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि सहयोगको माग करिब २० अर्बदेखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान व्यक्त गनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...