चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

Published on

काठमाडौं । चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान यो प्रक्षेपण सम्पन्न गरिएको हो । यस क्रममा परिमार्जित ‘लङ मार्च-६’ वाहक रकेटमार्फत उपग्रह समूह अन्तरिक्षतर्फ पठाइएको थियो । बिहान ३ बजेर ३८ मिनेटमा गरिएको प्रक्षेपणपछि ती उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन् । यो समूह कम कक्षामा रहने इन्टरनेट उपग्रहको २१ औँ समूह भएको बताइएको छ । यी उपग्रहको मुख्य उद्देश्य विश्वभर इन्टरनेट सेवा विस्तार गर्नु रहेको छ, विशेष गरी दुर्गम तथा पहुँचभन्दा बाहिर रहेका क्षेत्रमा सञ्चार सुविधा पुर्याउने लक्ष्य राखिएको छ । यसले डिजिटल पहुँच बढाउने र प्रविधिमा आधारित सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त प्रक्षेपण ‘लङ मार्च’ श्रृङ्खलाका रकेटको ६३७ औँ उडान अभियान पनि हो, जसले चीनको अन्तरिक्ष कार्यक्रम निरन्तर रूपमा अगाडि बढिरहेको सङ्केत गर्दछ । चीनले पछिल्ला वर्षमा अन्तरिक्ष प्रविधिमा तीव्र प्रगति गर्दै उपग्रह प्रक्षेपण, अन्तरिक्ष अनुसन्धान र सञ्चार क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यो उपलब्धिले चीनको अन्तरिक्ष क्षमता थप सुदृढ बनाउनुका साथै विश्वव्यापी इन्टरनेट सञ्जाल विस्तारमा नयाँ योगदान दिने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...