करणी गरेको आरोपमा युवक पक्राउ

Published on

काठमाडौं । बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका –३ का २३ वर्षीय शनि चौधरीलाई पक्राउ गरेको हो । उनले महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । 

उहाँले पक्राउ परेका चौधरीविरुद्ध थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन म्याद थपको तयारी भइरहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार चौधरीले बिहीबार महिलालाई जबरजस्ती करणी गरेको उजुरी सोही दिन नै परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई राति पक्राउ गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...