टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

Published on

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा-८ को टिमले जितेको छ । बाँके जिल्लाको विभिन्न २८ वटा वडाको टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेलमा वडा-८ नेपालगन्जले जानकी गाउँपालिका वडा नम्बर ३ को टिमलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता टोलीलाई ट्रफीसहित नगद ५० हजार रुपियाँ र उपविजेता टोलीलाई ट्रफीसहित नगद २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको जानकी गाउँपालिका वडा-३ का वडाध्यक्ष राजकुमार बर्माले बताउनुभयो । 

उहाँले क्रिकेट खेललाई वडासम्म पुर्‍याउन र नयाँ खेलाडीको आकर्षण बढाउन सो प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा जानकी ३ ले पहिले व्याटिङ गरेर १२ ओभरमा ११४ रन बनाएको थियो भने नेपालगन्ज ८ ले ११.४ ओभरमै ६ विकेट गुमाएर ११५ रन बनाई विजयी भएको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालगन्ज-८ का कुँवर धनन्जयलाई म्यान अफ दी म्याच घोषित गरेर पुरस्कृत गरिएको छ । प्रतियोगितामा राम्रो पदर्शन गरेबापत बेस्ट बलर रूपचन्द कुर्मी, प्लेयर अफ दी टुर्नामेन्ट रेशम शाही र बेस्ट व्याटसमैनको पुरस्कार भिम कनोजियालाई प्रदान गरिएको आयोजक रमवापुर स्पोर्टस क्लबका अध्यक्ष जोगराज बर्माले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...