जापानको दक्षिणी कुमामोटो प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा एक सपिङ मलमा भएको विस्फोट र घर भत्किने घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको छ।
भूकम्पपछि ‘एओन मल कुमामोटो’मा भएको विस्फोटमा दुई युवतीको ज्यान गएको पुष्टि भएको छ भने पाँचजना घाइते भएका छन्। घर भत्किँदा अर्का एकजनाको मृत्यु भएको छ।
भूकम्पका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको, सडकमा चिरा परेको र करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। विस्फोटको कारण अझै खुल्न नसके पनि अधिकारीहरूले सम्भावित ग्यास विस्फोट भएको हुनसक्ने बताएका छन्।

