संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Published on

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्नेछन् । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

spot_img

ताजा समाचार

देशका धेरै ठाउँमा रातभर वर्षा, पाल्पा र कपिलवस्तुमा बढी पानी, आजदेखि अझै ठूलो पानी पर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको...

एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय...

सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय कार्यसम्पादनमा देशभर पहिलो

काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले...

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा...