आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान माथि

Published on

काठमाडौं – आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयताअनुसार नेपाल दुई स्थान माथि उक्लिँदै १४औँ स्थानमा पुगेको हो। नेपालको १८१ रेटिङ रहेको छ।

एशियाली खेलकुदअन्तर्गत आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै नेपालले वरीयतामा पनि सुधार गरेको हो। नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पौने ६ बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ। इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छन्।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...