पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको चितवन खण्ड अझै अवरुद्ध

Published on

काठमाडौं – लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बिहीबार साँझ ८ बजेदेखि पहिरोका कारण दुवै सडकखण्ड अवरुद्ध भएका हुन्। सडकका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार सडकमा रोकिएका पोखरातर्फ जाने तथा नारायणगढतर्फ आउने केही सवारीसाधनलाई शुक्रबार दिउँसो पार गराइएको छ। तर, दुवै सडकखण्डका विभिन्न स्थानमा ढुङ्गा, लेदो तथा पहिरो खस्ने क्रम नरोकिएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन।

सडक अवरुद्ध भएपछि बिहीबारदेखि आएका ठूलो संख्यामा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सडकमा सवारी सञ्चालनमा रोक लगाएको हो।

spot_img

ताजा समाचार

१० दिन सुरुङमा फसेर उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

काठमाडौं – रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार...

आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान माथि

काठमाडौं – आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट...

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन बन्द

काठमाडौँ - लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द...

पशुपतिनाथ र बुद्धको सन्देशसँगै प्रधानमन्त्री शाहले टुंग्याए राष्ट्रसंघीय महासभा सम्बोधन

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको...