प्रतिनिधिसभा बैठकमा आज चार विधेयकमाथि छलफल तथा निर्णय हुँदै

Published on

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एउटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसैगरी, मन्त्री गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यस्तै, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यसैबीच, आज सङ्घीय संसद्का विभिन्न चार वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने कार्यतालिका रहेको छ।

spot_img

ताजा समाचार

पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, आज दिउँसोदेखि पूर्ण सञ्चालन हुने

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गका विभिन्न...

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...