पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, आज दिउँसोदेखि पूर्ण सञ्चालन हुने

Published on

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको जनाएको छ। प्रशासनका अनुसार हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको छ।

थप पहिरो तथा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ। अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको र सडकको अवस्था सामान्य बन्दै गएको जनाइएको छ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ। भिरालो तथा जोखिमयुक्त क्षेत्रमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न तथा प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...