पूर्वकप्तान तथा क्रिकेटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिए

Published on

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिनुभएको छ । २४ वर्षीय रोहितले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा विवाह गर्नुभएको हो । रोहितले बिहीबार सामाजिक सञ्जालमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै आफ्नो वैवाहिक जीवनको नयाँ यात्राबारे जानकारी दिनुभएको हो । उहाँले सिम्रनसँगको तस्बिर सार्वजनिक गर्दै सपनाहरू निर्माण गर्ने सहयात्री अब जीवनभरका लागि जीवनसाथी बनेको भाव व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ। सधैँभरि सँगै रहने वाचासहित।’ थाइल्यान्डको रेयोङ मेरियट रिसोर्ट एन्ड स्पा (Rayong Marriott Resort & Spa) मा विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवारका सदस्य, निकट साथीभाइ तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको उपस्थिति रहेको थियो । विवाह समारोहमा सहभागी हुन नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा पनि थाइल्यान्ड पुग्नुभएको थियो ।

नेपाली क्रिकेटमा आफ्नो खेल कौशल र नेतृत्व क्षमतामार्फत परिचित रोहितले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी लायन्सको कप्तानीसमेत गर्नुभएको थियो । उहाँकै नेतृत्वमा लुम्बिनी लायन्स फाइनलसम्म पुगेको थियो । यद्यपि, फाइनलमा टोली सुदूरपश्चिम रोयल्ससँग १० विकेटले पराजित भएको थियो । क्रिकेट मैदानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रोहितले व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गर्नुभएको छ । उहाँको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिकेटप्रेमी तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

spot_img

ताजा समाचार

मधेश प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश...

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । प्रहरीले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । भारतमा...

आमाको किरिया सकेको एक साता नबित्दै अस्ताए पत्रकार राजेन्द्र विष्ट

धनगढी । पत्रकार राजेन्द्र विष्टको उपचारका क्रममा निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष...

ट्रम्पद्वारा चीनसहित १४ देश तथा क्षेत्रमा नयाँ भन्सार शुल्क लगाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिलाई थप कडा बनाउँदै चीन, युरोपेली...