राप्रपा नेपालले ‘तीर’ र ‘सूर्य’मा मतदान गर्ने

Published on

काठमाडौं, वैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको ‘सूर्य’ र आफ्नो पार्टीको ‘तीर’ चुनाव चिह्नमा मतदान गर्ने भएको छ । आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले आफ्नो उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिह्न ‘तीर’मा मतदातन गर्न आग्रह गरेको हो । साथै नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरुमा ‘सूर्य’ चिह्नमा मतदान गर्न पनि मतदातालाई राप्रप नेपालले आग्रह गरेको छ ।

‘चैत ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमति बमोजिम राप्रपा नेपालका सदस्य, शुभचिन्तक तथा मतदातालाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ ।,’ राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...