दोस्रो विश्वयुद्धको क्षतिपूर्ति दाबीको विषयमा जर्मनीद्वारा इटलीविरुद्ध राष्ट्रसङ्घीय अदालतमा मुद्दा

Published on

काठमाडौं बैशाख १८ । दोस्रो विश्वयुद्धकालीन समयमा भएका युद्ध अपराधमा इटलीभित्रै भएका क्षतिपूर्ति दाबीका विषयमा जर्मनीले इटलीविरुद्ध संयुक्त राष्ट्रसङ्घको अदालतमा मुद्दा दायर गरेको छ।

इन्टर्न्याश्नल कोर्ट अफ जस्टिश आईसीजेमा दायर गरिएको निवेदनमा जर्मनीले सन् २०१२ को फैसलाविपरीत इटलीले आफ्ना अदालतमा दोस्रो विश्वयुद्धकालीन मुद्दाहरू दायर गर्न दिइरहेको आरोप लगाएको छ। सन् २०१२ को फैसलायता २५ वटा नयाँ मुद्दाहरू इटलीमा दायर भएका छन्।

त्यसमध्ये केहीमा अदालतले जर्मनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो। बर्लिनले हाल चलिरहेका दुईवटा मुद्दाहरूका कारण रोममा रहेका जर्मनीका सम्पत्ति जफत भएर क्षतिपूर्ति तिराइन सक्ने भएकाले उजुरी दर्ता गरिएको जनाएको छ। एजेन्सीको सहयोगमा ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...