केही नयाँ तथा फरक सुरुवात

Published on

काठमाडौं बैशाख १८ । आमसञ्चारको विकास तथा संचारमा मानव सभ्यता पुनरावलोकन हुँदै गएको परिपेक्षमा वदलिँदो समयक्रममा हामीले केही फरक तथा नयाँ अनलाइन संस्करणको सुरुवात गरेका छौ । सुचना प्रवाह सँगै पत्रकारिताको विकास मोडेल विना आजको परिपेक्षमा कुनै पनि मुलुकको विकास तथा उन्नती नभएको यर्थाथलाई आत्मसाथ गर्दै देशको फरक विषयमा टेकेर हामीले एएनएननेपाल अनलाइन पोर्टल सार्वजनिक गरेका छौं ।
हामीले पछिल्लो २१ औ शताब्दीको विकासक्रम तथा परिवर्तनशिल प्रक्रियाका पाठकको अभिरुचीलाई ध्यानमा राख्दै अनलाईन संस्करण पस्कने प्रयास गरेका छौ । विकासका लागि सूचना, सञ्चार र पत्रकारिताको आवश्यकता रहेको कुरा यर्थाथ हामीमाझ रहेको छ । यसलाई ध्यानमा राखेर आमनागरिक, पाठक, श्रोता तथा दर्शक समेतलाई समेटीने गरि अनलाईन संस्करण सुरु गरेको जानकारी गराउन पाउदाँ हामी एकदमै खुसी तथा सुखी भएका छौं ।
विषेशगरी नेपाल जस्तो भौगोलिक विकटता र भौगोलिक स्वरुप समेत फरकफरक भएको देशमा पत्रकारिताको अझै असल अभ्यास हुन नसकेका कारणले सूचना, सञ्चार र पत्रकारिताको विषयमा अझै पनि धेरै जनसमुदायहरु टाढा रहेका छन् । यसरी सञ्चारको विकासमा पछाडी परेको जनसमुदायको अवस्थालाई ध्यानमा राखेर हामीले विषेशगरी देशको सीमा समस्याका मुद्धा र पर्यटनको प्रचुर सम्भावना रहेका क्षेत्रलाई हामीले प्राथमिकता दिने गरी यो अनलाईन संस्करण सुरु गरेका हौं ।
नेपालको राजधानी काठमाडौं–३२ लाई केन्द्रमा राखेर हामीले ANN मिडिया मार्फत annnepal.com अनलाईन ल्याउने जमर्काे गरेका छौं ।
यसरी सूचना, संचार तथा प्रविधिको युगमा अनलाईन माध्यमलाई प्रभावकारी ठानिएकाले दिर्घकालिन समयसम्म प्रभाव पार्ने गरि हामीले विभिन्न क्षेत्रको सहयोग तथा सल्लाहमा अनलाईनको यो नयाँ सस्करण यहाँमाझ ल्याएका छौं ।
श्रोता, दर्शक र पाठक महानुभावहरुको आफ्नै अनलाईको रुपमा विकास गर्ने उदेश्यका साथ अनलाईन संस्करण सुरु गरेका हौं । आवाज विहिनहरुको आवाज बनेर सबै क्षेत्रका भाषाभाषी, लिंग, वर्ग, समूदाय, वर्ण, पेशाका मानिसहरुको पठनीय लायकको अनलाईनको रुपमा यस अनलाईन लाई विकास गर्ने गरी अनलाईनका संस्करण पस्किएका छौं ।
हामीले समाज रुपान्तरणका लागि पत्रकारिता र शान्ति, विकास, स्थायित्व र सामाजिक अमनचयन संस्थागत गर्नका लागि संचार भन्ने मान्यताका साथ अनलाईनको संस्करण ल्याएका छौं ।
साथै हामीले नेपाल सहित एशिया क्षेत्रको समग्र गतिविधिलाई पनि जानकारीमुलक बनाउन आधुनिक संचार प्रविधिको विकासमा पाठकको पहँुचका लागि अनलाईनको भुमिका निर्वाह गर्ने प्रयास गरेका छौं । यो प्रकाशकिय मार्फत श्रोता, दर्शक र पाठक बिचमा शान्ती, सम्वृद्धि , पारदर्शिता र जवाफदेहिताका साथै सवैमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछौं । धन्यवाद ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...