सस्ता चिनियाँ टायरका कारण रुसी ट्यांकहरु हिलोमा अड्किए !

Published on

काठमाडौं १९ वैशाख । युक्रेन हमला सुस्ताउँदै जानु पछाडिको मुख्य कारण रुसी सैन्य सवारी साधनहरु पनि भएको बताइएको छ जुन हाल युक्रेनी सडकहरुमा जताततै हिलोमा फसेको, ट्यांकहरु अड्किएको देखिन्छ । यसमा रुसी अधिकारीहरुले बलियो टिकाउ महङ्गा टायरको बदलामा सस्तो चिनियाँ वैकल्पिक सामग्रीहरु आयात गरेकाले यस्तो भएको हुन सक्ने प्राविधिक विद्हरुले बताएका छन् ।

नेटोका सवारीसाधनले ‘मिसेलिन एक्सजीएल टायर’ को प्रयोग गर्दछन् तर चिनियाँ व्यवसायले त्यसैका नक्कली उत्पादन लामो समयदेखि सस्तोमा निर्माण गरिरहेको पाइएको छ । यिनको गुणस्तर नराम्रो भएकामा चिनिन्छ । यस्तोमा महङ्गा सैन्य सवारीमा सस्ता टायर फिट गर्दाको नतिजा स्वरुप नै गाडीहरु कठिन बाटोमा अड्किन पुगिरहेको बताइएको छ ।

रुसको सैन्य बजेट प्रति वर्ष झन्डै ६० अर्ब डलरको रहेको छ तर त्यहाँका जेनेरलहरु भ्रष्ट हुने गरेकाले पनि आधा बढी रकम विभिन्न स्तरमा घूसखोरीमा सकिने यसअघि न्युजिल्यान्ड टाइम्सलाई एक खुफीया श्रोतले बताएको थियो ।

जस्तै मिसेलिन एक्सजीएल टायरको मूल्य अलिबाबामा ३६ हजार डलर छ भने त्यसको चिनियाँ विकल्प प्रति २०८ डलरमा पाइन्छ । यसको अर्थ त्यही रकममा ५० सेट चिनियाँ टायर किन्न सकिन्छ ।
यसैगरी कमजोर व्यवस्थापन अनि लापरबाही र तकनिकी कमजोरीले पनि रुसी सैन्य सवारीले सोचे जस्तो प्रभावकारी काम गर्न नसकेको बताइएको छ । डेलिमेलबाट ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...