इजरायल र विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमति

Published on

काठमाडौं २३ साउन । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्धविरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्।

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भए पनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।

इजिप्टका मध्यस्थकर्ताको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले भने खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्धविरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ। रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...