आज सुनचाँदीको मूल्य घट्यो

Published on

काठमाडाैं – बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य गत आठ महिना यताकै सस्तो हो । यस अघि पुस २६ गते सुनको मूल्य आजकै रहेको थियो ।

मंगलबार भने सुनको मूल्य महंगिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको भाउ पनि ओरालो लागेको महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउमा बढोत्तरी देखिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले महंगिएर प्रतितोला एक हजार १८० रुपैयाँ पुगेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...