उपत्यका छाड्ने सवारीको यान्त्रिक परीक्षण सुरु

Published on

काठमाडौं । उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।

काठमाडौँ छाड्ने यात्रुहरूलाई सुरक्षितसँग गन्तव्यमा पुर्‍याउनका लागि सवारीको यान्त्रिक परीक्षण आवश्यक रहेको भन्दै यातायात व्यवस्था विभागले परीक्षणको दायरा बढाएको सूचना अधिकारी ईश्वरी दत्त पनेरुले जानकारी दिए । काठमाडौँको गोङ्गबु बसपार्क र टेकुबाट लामोदुरुमा सञ्चालन हुने सवारीसाधनको नियमित रूपमा परीक्षण सुरु गरिएको विभागले जनाएको छ ।लामो रुटमा चल्ने सवारी साधनमा केही फल्ट हुन सक्ने भएकाले परीक्षण पश्चात् सवारी गुडाउँदा बाटोमा सवारी बिग्रिने र यात्रुले अनावश्यक दुःख झेल्नु पर्ने, दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउनु पर्ने जस्ता समस्या परीक्षणबाट हट्ने विभागले जनाएको छ ।यातायात व्यवस्था विभागको प्राविधिक टोलीले आइतबार देखि नयाँ बसपार्क र टेकुबाट परीक्षण सुरु गरेको छ । यातायात व्यवसायी र चालकलाई सवारी अनिवार्य रूपमा परीक्षण गराएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...