नारायणगढ मुग्लिन सडक अवरुद्ध : यात्रु अलपत्र

Published on

काठमाडौं । नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएकाे छ  । अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।  सडककाे विभिन्न स्थानमा लेदो माटोसहितको पहिरो गएका कारण सडक अवरुद्ध भएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएकाे छ ।
वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको र लेदोमाटो सहितको पहिरो अहिले पनि झरिरहेको समेत डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण यात्रुहरू बीच सडकमै अलपत्रमा परेका छन् । पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिन छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सडक कार्यालयसँग समन्वय गरेर सडक खुला गर्ने प्रयास भइरहेको जानकारी दिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...