भीनपा ८ द्धारा अपाङ्गलाई ह्वीलचियर लगायतका सामग्री वितरण

Published on

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ द्धारा अपाङ्ग नागरिक ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको छ । वडाध्यक्ष मदन राज मिश्रका अनुसार वडाका विभिन्न शारिरीक रुपले अशक्त नागरिकलाई वडा कार्यालयले सहयोग स्वरुप ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको हो ।
वडा कार्यालयले एक कार्यक्रमका बिच वडाका विभिन्न ७ जनालाई ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको वडाध्यक्ष मिश्रले बताए । उनका अनुसार ४ जनालाई ह्वीलचियर २ जनालाई बैशाखी र १ जनालाई वाकर वडा कार्यालयले सहयोग गरेको हो । आफ्नो चुनावी प्रतिवद्धतालाई अनुशरण गर्दै सहयोग गरिएको र आउँदो दिनमा पनि वडाका विभिन्न अशक्त अपाङ्ग नागरिकलाई वडाले सधैँ सहयोग गर्ने समेत वडाध्यक्ष मिश्रले बताए ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...