विश्वविद्यालय स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन

Published on

चन्द्रकान्त जोशी, काठमाडौं २६ मंसिर । सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन सुरु गरेको छ । २०६७ सालमा स्थापना गरिएको विश्वविद्यालयले पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय, ब्रिटेन नेपाल एकेडेमी काउन्सिलसँगको समन्वयमा सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो । सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न सभ्यता, कला, अध्ययन र संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको जनाएको छ ।

विश्वविद्यालयका प्रा. डा. मुकुन्दबल्लभ कलौनीका अनुसार विभिन्न ९ देशका विद्वानहरूले विविध ७६ विषयमा शोधपत्र सम्मेलनमा प्रस्तुत गर्नेछन् । “विश्वविद्यालय स्थापनाकाल देखिको यो पहिलो कार्यक्रम हो, जसले समग्र प्रदेशको इतिहास, सस्कृति, योगदान लगायत विविध कुराको अध्ययन गर्नेछ ।” प्रा. डा. मुकुन्दबल्लभ कलौनीले भने, “सम्मेलनले तत्कालै शैक्षिक क्षेत्रलाई कायापलट गर्ने भन्ने हुँदेन, तर दिर्घकालिन रुपमा यसले समग्र प्रदेशकै सामाजिक, आर्थिक, प्राज्ञिक क्षेत्रको विकासका आयामहरुलाई दिर्घकालिन रुपमा प्रत्यक्ष प्रभाव पार्नेछ ।” सम्मेलनबाट नयाँ पिडिका विद्यार्थी, शिक्षक लगायतको वर्ग समेत प्रभावित भएको छ । सम्मेलनले शिक्षा क्षेत्रमा नै नयाँ उत्साह सृजना गर्ने प्रा. डा. कलौनीले बताए ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, मेडिकल, इन्जिनियरिङ, प्राकृतिक स्रोत साधन, वातावरण, कृषि, जनजीविका, विज्ञान, समाजिक विज्ञान, परिवेश, इतिहाससहित सुदूरपश्चिमको सम्भावनाको विषयमा अध्ययन हुनेछ ।

यसैगरी विश्वविद्यालये आगामी दिनमा समेत यी यस्ता विभिन्न कार्यक्रमलाई प्राथमिकता दिने गरि काम गर्ने समेत प्रा. डा. कलौनीको भनाई छ । सम्मेलनमा विभिन्न क्षेत्रका ४ सय ७६ जना सहभागी हुनेछन् ।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...