विश्वविद्यालय स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन

Published on

चन्द्रकान्त जोशी, काठमाडौं २६ मंसिर । सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन सुरु गरेको छ । २०६७ सालमा स्थापना गरिएको विश्वविद्यालयले पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय, ब्रिटेन नेपाल एकेडेमी काउन्सिलसँगको समन्वयमा सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो । सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न सभ्यता, कला, अध्ययन र संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको जनाएको छ ।

विश्वविद्यालयका प्रा. डा. मुकुन्दबल्लभ कलौनीका अनुसार विभिन्न ९ देशका विद्वानहरूले विविध ७६ विषयमा शोधपत्र सम्मेलनमा प्रस्तुत गर्नेछन् । “विश्वविद्यालय स्थापनाकाल देखिको यो पहिलो कार्यक्रम हो, जसले समग्र प्रदेशको इतिहास, सस्कृति, योगदान लगायत विविध कुराको अध्ययन गर्नेछ ।” प्रा. डा. मुकुन्दबल्लभ कलौनीले भने, “सम्मेलनले तत्कालै शैक्षिक क्षेत्रलाई कायापलट गर्ने भन्ने हुँदेन, तर दिर्घकालिन रुपमा यसले समग्र प्रदेशकै सामाजिक, आर्थिक, प्राज्ञिक क्षेत्रको विकासका आयामहरुलाई दिर्घकालिन रुपमा प्रत्यक्ष प्रभाव पार्नेछ ।” सम्मेलनबाट नयाँ पिडिका विद्यार्थी, शिक्षक लगायतको वर्ग समेत प्रभावित भएको छ । सम्मेलनले शिक्षा क्षेत्रमा नै नयाँ उत्साह सृजना गर्ने प्रा. डा. कलौनीले बताए ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, मेडिकल, इन्जिनियरिङ, प्राकृतिक स्रोत साधन, वातावरण, कृषि, जनजीविका, विज्ञान, समाजिक विज्ञान, परिवेश, इतिहाससहित सुदूरपश्चिमको सम्भावनाको विषयमा अध्ययन हुनेछ ।

यसैगरी विश्वविद्यालये आगामी दिनमा समेत यी यस्ता विभिन्न कार्यक्रमलाई प्राथमिकता दिने गरि काम गर्ने समेत प्रा. डा. कलौनीको भनाई छ । सम्मेलनमा विभिन्न क्षेत्रका ४ सय ७६ जना सहभागी हुनेछन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...