चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

Published on

काठमाडौं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो ।

सो वार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ले चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताउनुभएको थियो । हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङ् आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चाहेको बताउनुभएको थियो ।

उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवर्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढ्न चाहेको बताउनुभएको थियो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...