पाकिस्तानी प्रधानमन्त्रीले गरे चीनको प्रशंसा

Published on

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ । पाकिस्तानमा गतवर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो । चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चीनले पाकिस्तानका बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सो क्षेत्रका नागरिकलाई चीनले खाद्यान्न, लत्ताकपडा आदि उपलब्ध गराउँदै आएको छ ।

गतवर्ष आएको बाढीले पाकिस्तानमा ठूलो क्षति पुगेको थियो । बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए ।अहिले पनि ती नागरिकलाई सहायताको खाँचो रहेको पाकिस्तानले जनाएको छ । चीनले पाकिस्तानलाई गतवर्षदेखि नै सहयोग गर्दै आएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...