‘भारतको आवज विश्वभर सुनिनेछ’

Published on

काठमाडौं । भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवाज अब विगतको भन्दा अझ चासो दिएर अन्तर्राष्ट्रिय समुदायले सुन्ने बताएका छन् ।

सुरतको अदालतले मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको भोलिपल्ट संसद्को तल्लो सदनको कार्यालयले विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको घोषणा गरेको सन्दर्भमा उनीहरूले भारतप्रति विश्वको चासो बढ्ने बताएका हुन् । राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमले गान्धीलाई जानाजान मानहानि मुद्दामा दोषी ठहर गरिएको आरोप लगाएका छन् । कांग्रेस नेता शशी थरुरले गान्धीको आवाज सत्तारुढ दलले दबाउन खोजे पनि उहाँको आवाज अब संसारका कुना–कुनामा पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय राजधानीस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता अभिषेक मनु सिंघवी र जयराम रमेशले भाजपा नेतृत्वको सरकार राहुल गान्धीको टिप्पणीबाट विचलित भएको बताउनुभयो ।
गान्धीविरुद्धको मुद्दा कानुनीभन्दा पनि राजनीतिक विषय भएका बताउँदै नेता रमेशले न्यायालयको निर्णयबाट लोकतन्त्रको घाँटी थिच्ने अभीष्टलाई सहयोग पुगेको बताउनुभयो । नेता गान्धीका वकिलहरूले समयमै उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको बताउँदै उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित भएकाले उजुरीकर्ता पुर्नेश मोदी नभई प्रधानमन्त्री मोदी हुनुपर्थ्यो भनेका छन् ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्नुभएको थियो । उहाँले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भन्नुभएको थियो । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी ९भाजपा०का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँ विरुद्ध मुद्दा दायर गर्नुभएको थियो । अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुग्नुभएको थियो । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेख्नुभएको थियो ।

त्यसयता नेता गान्धीले कुनै प्रतिक्रिया दिनुभएको छैन । नेता गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित हुनुभएको थियो । यसैबीच नेता गान्धीको सांसद पद खारेज भएकामा त्यसको विरोध गर्दै महाराष्ट्रमा विरोध प्रदर्शन भएको छ । महाराष्ट्र राज्यसभामा मुखमा कालोपट्टी बाँधेर नेताहरूले मौन विरोध प्रदर्शन गरेका हुन् । राज्यसभा भवनको सिँढीमा शिवसेनाका नेताहरू उदय ठाक्रे, आदित्य ठाक्रे र कांग्रेसका नेता जयन्त पाटिललगायत बसेका थिए । रासस/एएनआई

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...