बङ्गलादेशका प्रधानमन्त्री हसिनासँग परराष्ट्रमन्त्री साउदको भेट

Published on

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग  परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गर्नुभएको छ। बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आइतबार भेटवार्ता भएको हो। 

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका जानुभएको थियो। ढाकामा रहँदा उहाँले शुक्रबार नै भारतीय समकक्षी एस। जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो। जयशङ्करसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताउनुभयो। 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो। भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो। परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्कँदै हुनुहुन्छ। बेलायती राजा चार्ल्स  तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उहाँ बङगलादेश जानुभएको थियो। रासस  

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...