बेलायतमा नेपाली श्रमिक शोषणप्रति आपत्ति

Published on

काठमाडौं । बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् । आप्रवासी श्रमिकको अधिकारको क्षेत्रमा क्रियाशील संस्था सामाजिक न्यायका लागि कानुनी मञ्च (नेपाल), शरणार्थी तथा आप्रवासी आन्दोलन अनुसन्धान एकाइ ९बङ्गलादेश० आप्रवासीहरूको कल्याणका लागि संयुक्त परिषद्, बेचबिखनविरुद्ध र शोषण अनुगमन एकाइलगायतका प्राज्ञिक तथा अनुसन्धान गर्नेसहितका आधा दर्जनभन्दा बढी सरोकारवाला संस्थाले बेलायतमा श्रमिकमाथि भएको शोषणको विरोध गरेका हुन् ।

ती संस्थाले विभिन्न देशबाट मौसमी श्रमिकका रूपमा बेलायत जाने विभिन्न देशका आप्रवासी श्रमिकले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य पारेको भन्दै बेलायत सरकारको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी श्रमिकका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउन्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ । बेलायतका सरकारी तथा गैरसरकारी विज्ञहरूले गरेको अध्ययनमा बेलायतमा मौसमी श्रमिकमा गएकाले जागिर सुरक्षित गर्न हजारौँ पाउन्ड तिर्नु परेको पाइएको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...