क्यानडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

Published on

काठमाडौं । क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

क्यानडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

“यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ ।

सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...