तुइनमा अड्किएका सबैको उद्धार

Published on

काठमाडौं । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुइनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवम् सैन्यकौशल प्रदर्शन गर्दै हेलिकोप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुइनबाट उनीहरूको उद्धार गरेका हुन् ।

एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकोप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई दृष्टिगत गरी चालक दल र कमाण्डोले उद्धार कौशल प्रदर्शन गरेका थिए ।

सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतहरुप्रति बधाई ज्ञापन गर्नुभएको छ ।

“सामूहिक कार्यभावनाबाट प्रेरित भएर उद्धारमा संलग्न सेना, स्थानीय प्रशासन, उद्धार समन्वय विभाग र जनसाधारणलाई धन्यवाद !” सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेख्नुभएको छ ।

तुइनको एउटा डोरी चुँडिएर अर्को डोरीको भरमा आकाशमा नै आठ जना अड्किएका खबर स्थानीय सञ्चारमाध्यमले बिहान सात बजेदेखि प्रकाशन–प्रसारण गरेपछि घर, पसल, चमेनागृह, मल, कार्यालय सबैतिर उनीहरूको उद्धार कहिले र कसरी हुन्छ भन्ने जिज्ञासाका साथ देशभरका पाकिस्तानी टेलिभिजन अगाडि आँखा झिमिक्क नगरी झुम्मिएका थिए ।

सारा पाकिस्तानीले तुइनमा अड्किएका सबैको सकुशल उद्धारको कामना गर्दै ईश्वरको प्रार्थना गरेका थिए । उद्धारस्थलमा एकत्र भएका जनसाधारण र पीडितका परिवारजनले सैनिक अधिकृतहरूप्रति आभार व्यक्त अङ्कमाल गरेका थिए । खुशीले गद्गद् भएका उनीहरूका आँखाबाट अविरल आँसु बगिरहेको थियो । उद्धार गरिएका सबैको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचारपछि उनीहरूलाई घर पठाइएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...