इटालीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी

Published on

काठमाडौं । इटालीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो ।

इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ । गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्यधिक गर्मी हुने बताइएको छ । साथै सोमबारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो ।

देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो तेस्रो पटक यति धेरै तापक्रम बढेको हो । इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमबार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो ।

सन् २०२२ मा भने योभन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् । गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो । सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...