चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा

Published on

काठमाडौं । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब दुई हजार वर्ष पुरानो हान राजवंशको बेलाका बाँसमा कुँदिएका सामग्रीहरु फेला परेपछि पहिलो पटक बाँसको सङ्ग्रहालय खोलेर ती पर्चाहरु प्रदर्शनमा ल्याउन लागिएको हो । बाँस चीनमा पहिलो पुस्तकको रुपमा चिनिन्छ । चीनमा बाँसमा नै कागजको उत्पत्तिअघि लेखन सामग्रीका रुपमा प्रयोग हुने गर्दथ्यो । बाँसका पुराना पर्चाहरुमा सो बेलामा भएको कुराकानीहरु, साहित्यहरु लेखिएको छ ।

सङ्ग्रहालय शनिबार मात्रै सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । हेक्सी करिडोरको छेउमा अवस्थित उत्तरपश्चित चीनको प्राचीन सिल्क रोडको एक भागका बारेमा बाँसका पर्चाहरुमा लेखिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...