‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

Published on

काठमाडौं, १० मंसिर । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको जनाएको छ।

जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...