वेस्ट बैंकमा इजरायलद्दारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

Published on

गाजा, १५ मंशिर । वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ गरेको छ । 

इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर ३, ३९० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको हो । 

प्यालेस्टिनी कैदी समाज र नजरबन्दी मामिला आयोगले एक संयुक्त वक्तव्य जारी गरी यो जानकारी दिएको हो । उनीहरूका अनुसार यो संख्यामा रातारात इजरायली छापा मारेर पक्राउ परेकाहरूलाई समावेश गरिएको छैन।

गत बुधवार र बिहीबार मात्रै कम्तिमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

सो समूहका अनुसार सो क्रममा इजरायली सेनाहरूले व्यापक यातना र क्रूर कुटपिटको कार्य गरेको छ, साथै वेस्ट बैंकमा प्यालेस्टिनीहरूको घरहरू तोडफोड र विनाश गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...