दक्षिण चीनमा पुलसँग जहाज ठोक्किँदा दुईको मृत्यु, तीन बेपत्ता

Published on

काठमाडौं । दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब साढे पाँच बजे एउटा कन्टेनर जहान नान्सा जिल्लाको लिक्सिनसा पुलको घाटसँग ठोक्किएको थियो । दुर्घटनामा एउटा मोटरसाइकलसहित पाँच सवारी प्रभावित भएका थिए । तीमध्ये दुई नदीमा र अर्को जहाजमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका छन् । उद्धार प्रयास जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...