सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना

Published on

काठमाडौं । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताउनुभयो । उहाँले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको बताउनुभयो । यसैगरी लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ । गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...