युनाइटेड स्टेडका कमाण्डर एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन

Published on

काठमाडौं । युनाइटेड स्टेड इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अध्यास शान्ति प्रयास–४ को अवलोकन गर्नुभएको छ । उहाँलाई आइतबार अभ्यास सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो ।

यस अवसरमा कमाण्डर एक्विलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरूको अवलोकन तथा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले अभ्यास शान्ति प्रयास९४ को सफल आयोजनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने कुरा व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गर्नुभयो ।

भ्रमण क्रममा बलाधिकृत रथी अशोक राज सिग्देल उपस्थिति हुनुहुन्थ्यो । यस्तै, रथीवृन्द, अधिकृतका साथै अभ्यासमा सहभागीहरूको उपस्थिति थियो । हिजो (शनिबार नेपाल भ्रमणका लागि आउनुभएका कमाण्डर एक्विलिनोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सिग्देलले स्वागत गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...