संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा

Published on

काठमाडौं । संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबार गर्दैआएका माझी समुदायले सामुहिक रुपमा लदी पूजा गरेका छन् ।

लदी भनेको माझी भाषामा नदी अर्थात् कोशीको रुपमा अर्थ लगाउनेगरेको सो समुदायको अगुवाहरुको भनाइ छ । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुंगा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले–पहिले लदी पूजा गरिन्थ्यो । माझी समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द रहेको सो पूजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका –३ कुसेटारमा मनाएको बताउनुभयो । यो वर्ष चौविसे गाउँपालिका –५ सदाममा निकै खुसीयालीपूर्वक मनाएका हौं । धनकुटाको साप्तिङटार, भैसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ ।

खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको माझी समुदायको अगुवा देवी माझीको भनाइ छ । माझी समुदायले लदी पूजा मनाउन थालेपछि धनकुटास्थित पालिकाले पनि चासो दिन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । पछिल्लो समय माझी जातिले मनाउने लदी पूजा लोप हुँदैगएको सो समुदायका प्रतिनिधिको भनाइ छ । संस्कृति लोप हुनबाट बचाउन युवा पुस्ता लाग्न जरुरी रहेको संस्कृतिका जानकारहरुको सुझाव छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...