संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा

Published on

काठमाडौं । संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबार गर्दैआएका माझी समुदायले सामुहिक रुपमा लदी पूजा गरेका छन् ।

लदी भनेको माझी भाषामा नदी अर्थात् कोशीको रुपमा अर्थ लगाउनेगरेको सो समुदायको अगुवाहरुको भनाइ छ । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुंगा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले–पहिले लदी पूजा गरिन्थ्यो । माझी समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द रहेको सो पूजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका –३ कुसेटारमा मनाएको बताउनुभयो । यो वर्ष चौविसे गाउँपालिका –५ सदाममा निकै खुसीयालीपूर्वक मनाएका हौं । धनकुटाको साप्तिङटार, भैसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ ।

खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको माझी समुदायको अगुवा देवी माझीको भनाइ छ । माझी समुदायले लदी पूजा मनाउन थालेपछि धनकुटास्थित पालिकाले पनि चासो दिन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । पछिल्लो समय माझी जातिले मनाउने लदी पूजा लोप हुँदैगएको सो समुदायका प्रतिनिधिको भनाइ छ । संस्कृति लोप हुनबाट बचाउन युवा पुस्ता लाग्न जरुरी रहेको संस्कृतिका जानकारहरुको सुझाव छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...