विवाहमा गएकामाथि कुटपिट : दुई जना पक्राउ

Published on

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित रुपाचुरीका सरोज प्रजाको विवाहमा गएकाहरुमाथि कुटपिट भएको छ। प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

विवाहमा गएका मनहरी गाउँपालिका ७ रमनटारका करिब २८ वर्षीय उज्वल थिङ र राक्सिराङ गाउँपालिका ५ चुरेडाँडाका वर्ष ३० का रोनिस लामामाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते भएका थिङको मनहरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको छ । प्रहरीका अनुसार थिङको शरीरमा भित्री चोट लागेका कारण अवस्था गम्भीर रहेको र लामाको मुखमा चोट लागेको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनहरी ६ रुपाचुरीका वर्ष २९ का इमान घलान, वर्ष २२ का मनिक घलानलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै कुटपिटमा संलग्न अन्य व्यक्तिको खोज भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...