‘नेपालमा विकासको अभियान प्रारम्भ भयो’ महत को भनाई

Published on

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका(१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताउनुभयो ।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको सङ्क्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी(व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । शेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।” देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताउनुभयो । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”

बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीका अवसरमा अर्थमन्त्रीले विद्यालयका लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...