स्कुल बसको ठक्करबाट एकको मृत्यु, पाँच घाइते

Published on

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार प्रदेश(२(०२(००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्करबाट घाइते भएका पशुपति देवी, अम्बिका झा र ममतादेवी यादवलगायत पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ । यता चालकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले ढुङ्गामुढा प्रहार गरेर स्कुल बसको सीसा फुटाइदिएका छन् भने बसलाई घेराउ गरेर विरोध प्रदर्शनमा उत्रेका छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...