बुङकोट आधारभूत स्वास्थ्य केन्द्र निर्माण

Published on

काठमाडौं । गोरखाको सहिदलखन गाउँपालिका–८ मा रहेको महादेव थुम्काडाडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ । विगत ५ वर्षदेखि आमा समूहले बनाएको सामुदायिक भवनबाट बुङकोटवासीहरुलाई स्वास्थ्य सेवा दिँदै आएकोमा नयाँ भवनबाट सेवा सुचारु गरिने सहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।

सहिदलखन गाउँपालिकाको बुङकोट आधारभूत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण गर्नका लागि कल्याण निर्माण सेवासँग २०७९ साल माघ ११ गते सम्झौता गरिएको थियो । सम्झौतामा २०८० असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०८० पुस मसान्तसम्म म्याद थपिए अनुसार काम सम्पन्न भएको गाउँपालिका इन्जिनियर मेघनाथ यादवले बताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि गाउँपालिकाको आफ्नै बजेटमा कुल ५४ लाख ९१ हजार ५ सय ५६ रुपियाँमा गाउँपालिका र निर्माण कम्पनी बिच सम्झौता भएको हो । आधारभूत स्वास्थ्य केन्द्रको नाममा रहेको जग्गा १ रोपनी १४ आना रहेकोमा भवन ५ आनामा सम्पन्न भएको हो । निर्माण सम्पन्न भएको स्वास्थ्य भवनमा पक्की ४ कोठा छ। आगामी चैत्रबाट सबै सेवा नयाँ भवनबाट दिने गरी तयारी थालिएको छ । चार कोठे भवन निर्माणसँगै सेवा प्रवाह सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार श्रेष्ठको विश्वास छ । स्वास्थ्य भवन नहुँदा सेवा प्रवाह गर्न असहज भएको थियोू, उहाँले भन्नुभयो, अब विश्वास गरौँ, त्यहाँबाट काम सुरु भएपछि बुङकोटवासीलाई निकै नै सजिलो हुन्छ ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...