खराब मौसमले उडान अवरुद्ध

Published on

काठमाडौं । मौसम खराब हुँदा लुक्ला र फाप्लुको उडान अवरुद्ध भएको छ । शनिबारदेखि मौसम खराब हुँदा मुगुको लुक्ला र सोलुखुम्बुको फाप्लु विमानस्थलमा उडान र अवतरण हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन सकेको छैन । विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको उहाँले बताउनुभयो । उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मौसममा सुधार भएपछि मात्र उडान र अवतरण हुनेछ । अहिले कोशी र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा सामान्य वर्षा भइरहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले कोशी र मधेश प्रदेश बाहेकका पाँच प्रदेशमा सामान्य वर्षा भएको हो । यी दुई प्रदेशको मौसम भने आंशिकदेखि पूर्णतया बदली भएको छ ।

मौसमविद् मानन्धरका अनुसार पाँच प्रदेशमा रातिसम्म सामान्य वर्षाको सम्भावना रहेको छ । उहाँले भन्नुभयो, ूयो क्रम रातिसम्म नै चल्ने छ । ” उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको उहाँको भनाइ छ। उहाँका अनुसार सोमबार बिहानबाट भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद् मानन्धरका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मनाङमा रेकर्ड भएको छ । मनाङ जिल्लाको गोगामा ४०।४ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...