सौन्दर्यकरण गरिँदै चक्रघट्टी बसपार्क

Published on

वराहक्षेत्र नगरपालिकाले पुरानो बजार चक्रघट्टीलाई सौन्दर्यकरण गर्न सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ६ मा रहेको चक्रघट्टी बजारको बसपार्क क्षेत्रमा सौन्दर्यकरणको काम सुरु गरेको हो । सुनसरी जिल्लाको उत्तरी क्षेत्रमा साबिकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाविस मिलेर बनेको वराहक्षेत्र नगरपालिकाकै पुरानो बजार हो चक्रघट्टी ।

वराहक्षेत्र नगरकै पुरानो चक्रघट्टी बसपार्कको सौन्दर्यकरण सुरु भएपछि पुरानो चक्रघट्टी बजारको मुहार फेरिने भएको छ । चक्रघट्टीको मुनाल चौकदेखि महेन्द्र गेटसम्म नाला, सडकसहितका सौन्दर्यकरणको लागि सङ्घीय सरकारको क्रमागत बजेटको एक करोडबाट काम सुरु गरिएको छ । नगरको प्रशासनिक केन्द्र चक्रघट्टीमै रहेकाले बजार क्षेत्रमा हुने चहलपहल र सौन्दर्यकरणले बजार क्षेत्र राम्रो देखिने भएको वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तुलसी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले आर्थिक वर्ष ०८०÷८१ भित्रै काम सक्नेगरी बसपार्क क्षेत्रमा इन्टर्लक लगाउने काम सुरु गरेको छ । नगरपालिकाबाट विनियोजित २० लाख रकम र स्थानीय उपभोक्ताबाट तीन लाख ३७ हजार बेहोर्ने गरी निर्माण समिति बनेर काम सुरु गरेको वडाध्यक्ष उद्धव पोखरेलले बताउनुभयो । बसपार्क क्षेत्रमा पाँच हजार पाँच सय ५० स्क्वायर फिट क्षेत्रमा एम ४० क्वालिटीका ब्लक र ८७ दशमलब ८७ कर्ब स्टोनको प्रयोग गरेर उपभोक्ता समितिले काम गर्ने सम्झौता भएको छ । सम्झौता अनुसारै समितिले काम सुरु गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

बसपार्क क्षेत्रमै रहेको पुरानो काठको चौतारो (फलैँचा) क्षेत्रलाई मिनिपार्क बनाउन उपभोक्ता समिति लागे पनि बजेट अभावका कारण हाललाई काम अगाडि बढाउन नसकिएकोे निर्माण उपभोक्ता समितिका सचिव गोपाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार मिनिपार्कमा पस्ने गेटसहित स्टील रेलिङ् लगाउने गरी काम सुरु गरिए पनि बजेट अभावले गर्दा गे सहित स्टील रेलिङकाे काम सम्पन्न गर्न सकिएन । गेटसहित स्टील रेलिङका लागि दाताहरुको खोजी गरिरहेको समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो । मिनिपार्क योजनाभन्दा बाहिर भए पनि बसपार्कको बिचमा रहेको चौतारो क्षेत्रलाई सौन्दर्यकरण गर्न लागिपरेको सचिव घिमिरेले बताउनुभयो । बसपार्क क्षेत्रमा रहेका वर र पीपलका रुखलाई रङ्गीन ब्लक हालेर आकर्षक रुपमा घेरिने भएको छ । चक्रघट्टी बसपार्कबाट दैनिक दुई दुई घण्टाका फरकमा धरान, झुम्का, चतरा, प्रकाशपुर जाने यात्रु बसहरु चल्दै आएका छन् । चक्रघट्टी बाट २०४२ सालदेखि नै यात्रुबस चल्दै आएका छन् ।

हालको चक्रघट्टी बसपार्कमा २०५३ सालदेखि बस चल्दै आएको निर्माण उपभोक्ता समितिका सचिव गोपाल घिमिरेले बताउनुभयो । बसपार्क क्षेत्रमा हेलोङ्गि लाइट र सिसि क्यामेरा जडानका लागि नगपालिकासँग माग गरेको निर्माण समितिले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...