धरान एक्स्पोमा कृषिदेखि विदेशी औद्योगिकसम्मको व्यापार

Published on

काठमाडौं । स्थानिय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।
यही फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा नेपालमा उत्पादितदेखि स्वदेशी तथा विदेशी औद्योगिक व्यापार उत्साहजनक रहेको आयोजकले बताएको छ ।

आयोजक समितिका सदस्य सचिव महेन्द्र प्रधानले एक्सपोमा एक लाख मानिसले अवलोकन गरेको बताउनुभयो । साथै नौ करोडसम्मको व्यापार भएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उत्पादनको माग बढी भएकाले सामग्री अझै मगाएको सचिव प्रधानले बताउनुभयो । एक्सपोमा नेपालका विभिन्न जिल्लाको अर्गानिक कृषि उत्पादनदेखि हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुका साथै भारत, बंगलादेश र पाकिस्तानलगायतका देशमा उत्पादित सामन राखिएका छन् । एक्सपोमा बराहक्षेत्रका कृषक अर्जुन राईले स्ट्रबेरि, बेसार, टमाटर, चाइनिज साग, बन्दाकोपी, खोर्सानीलगायत तरकारी एक्सपोमा बेच्न आउनुभएको छ ।

गत वर्षको तुलनामा यस वर्ष व्यापारमा कमी भएको भए पनि व्यापारमा घाटा भने नभएको उहाँको भनाइ छ । स्वास्थ्यलाई ध्यानमा राख्दै विषादी रहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले विशेष टेवा पुर्याएको आयोजकले जनाएको छ । यसैगरी, धरानकै उद्योगी मनीता घिमिरेले आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । सानो लगानीबाट साबुन व्यावसाय गर्न सकिने पनि उहाँको भनाइ छ । उहाँले पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार कम भएको गुनासो गर्नुभयो ।

एक्सपोमा मनोरञ्जनका लागि रोटे पिङ, नाउलगायत हरेक दिन राष्ट्रिय कलाकारहरुबाट सांकृतिक कार्यक्रम गर्दै आएको छ । एक्सपोमा टिकट र पार्किङ शुल्क निःशुल्क गरिएको छ ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...