गाउँपालिका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चंखेली गाउँपालिका वडा नं। ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चौलागाईसहित निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सब–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाविरुद्ध उक्त कार्यको नापजाँच नै नगरी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन दिई भुक्तानीको टिप्पणी र आदेश सदर गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरू आधार मानी दश लाख २९ हजार ३२५ रुपियाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोप लागेको छ ।

उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा र सचिव हंस बहादुर ऐडीले आर्थिक वर्ष २०७४÷०७५ मा सम्झौता बमोजिमको कुनै कार्य नगरी झुट्टा बिल भरपाई, डोर हाजिरी लगायतका कागजात पेस गरी सो रकम भुक्तानी लिएको आरोप लागेको छ । यसैगरी, सो गाउँपालिकाको वडा नं। ३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी नभएको कामलाई समेत सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद रजरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...