मनाङमा हिमपहिरो, अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

Published on

काठमाडौं । आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ। हिमपहिराले सडक अवरुद्ध हुँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको छ।

ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘आज पनि पहिरो पन्छाउने प्रयास जारी छ, जोखिमयुक्त भएको तथा पहिला पनि घटना घटेको भन्ने जानकारीमा आएकाले उच्च सतर्कताका साथ काम भइरहेको छ।’’ उहाँका अनुसार ढुकुरपोखरीमा गएको सो हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ। ठुलो पहिरो गएकाले सडक अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ। डोजरले बिहानैदेखि पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले समय धेरै लाग्ने सशस्त्र प्रहरी बलका डीएसपी उदयराज न्यौपानेले जानकारी दिनुभयो।

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक आवतजावतमा समस्या भएको छ। मनाङमा हिमपहिरो मनाङमा हिमपहिरो

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...